पश्चिम एसिया द्वन्द्व : अप्ठ्यारोमा छैनन् नेपाली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पश्चिम एसियामा जारी द्वन्द्व कारण हालसम्म कुनै पनि नेपाली अप्ठ्यारोमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ

शुक्रबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले भने,‘पश्चिम एसियामा जारी द्वन्द्वलाई नेपालले नजिकबाट नियालेको छ, हालसम्म कुनै पनि नेपाली ट्रान्जिटमा नरहेको तथा कुनै पनि अप्ठ्याराेमा छैनन् ।’

उनले भने, ‘थुप्रै उडानहरू भएका छन्,त्यसबाट धेरै हदसम्म समस्या सम्बोधन भइसकेको पनि छ । ती देशमा रहेका राजदूतावासहरू अझै पनि नेपालीहरूको विवरण सङ्कलन गरिरहेका छन्, नेपालीहरू सम्पर्कमा रहेका कारण कुनै अप्ठ्यारो पर्ने बित्तिकै सहयोग र समन्वय गर्न तयारी अवस्थामा छौँ ।’