
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबिकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलमा विहीबार भएको छलफलले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको हो।
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको आग्रहमा सांसदहरूले श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका थिए। आज उपसभामुख निर्वाचन हुँदैछ। श्रम संस्कृति पार्टी र राप्रपाबाट उम्मेदवार छन्। राप्रपाबाट सांसद सरस्वती लामा उपसभामुख पदको उम्मेदवार छिन्।