
काठमाडौं– प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यायमा विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाहसहितको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई विभिन्न निर्देशन दिएका थिए।
लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन्।
आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको भन्दै उनले त्यसलाई स्मरणमा राखेर काम गर्न निर्देशन दिँदै भने,‘आफन्त र साथीभाईलाई नियुक्ति दिलाउन नलाग्नू।’