श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गर्दै यस विषयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै जवाफ नदिए जनताले विश्वास नगर्ने र प्रहरीले समेत टेर्न छोड्ने चेतावनी दिएका छन् । उनले आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि टीकाटिप्पणी र प्रश्न गर्नु आफ्नो पदीय जिम्मेवारी भएको स्पष्ट पारेका छन् । आफ्ना प्रश्नहरू व्यक्तिगत नभई नितान्त व्यावसायिक र कानुनी रहेको साम्पाङको भनाइ छ ।
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा सार्वजनिक रूपमा प्रश्न गरेका छन्।
- साम्पाङले यो विषय नैतिकतासँग जोडिएको भन्दै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउन गृहमन्त्रीलाई आग्रह गरेका छन्।
- उनले जेनजी आन्दोलनका दोषी र जीबी राईलाई पक्राउ गर्नुपर्ने आफ्ना पुराना मागहरू पनि स्मरण गराएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गर्दै यस विषयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै जवाफ नदिए जनताले विश्वास नगर्ने र प्रहरीले समेत टेर्न छोड्ने चेतावनी दिएका छन् । उनले आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि टीकाटिप्पणी र प्रश्न गर्नु आफ्नो पदीय जिम्मेवारी भएको स्पष्ट पारेका छन् । आफ्ना प्रश्नहरू व्यक्तिगत नभई नितान्त व्यावसायिक र कानुनी रहेको साम्पाङको भनाइ छ ।
साम्पाङले गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको चैत २३ गतेको घटनाका दोषीहरूलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गरिरहेकोमा प्रशंसा गरेका छन् । उनले यस कार्यलाई अझै अघि बढाउन शुभकामना समेत दिएका छन् ।
तर, साम्पाङले सदनमा आफूले उठाएका दुई मुद्दा नबिर्सन गृहमन्त्री गुरुङलाई स्मरण गराएका छन् । ती मुद्दाहरूमा जेनजी आन्दोलनको चैत २४ गतेको घटनाका दोषीलाई कारबाही र जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिने कुरा छन् ।
‘काम गर्ने मान्छेको खुट्टा तान्छन्, अपजस पाइन्छ नै काम गर्ने क्रममा,’ साम्पाङले पोस्टमा लेखेका छन्, ‘तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् !’
साम्पाङले गृहमन्त्री गुरुङलाई दाजुले दिएको सल्लाह सम्झेर आफ्नो कुरा मान्ने आशा व्यक्त गरेका छन् । उनले एक दिन गृहमन्त्री गुरुङलाई हृदयदेखि नै बधाई दिने र त्यो दिन चाँडै आओस् भन्ने कामना पनि गरेका छन् ।