रातभरी प्रहरीले चलायो सर्च अप्रेशन, गुन्डादेखि बिचौलियासम्म १९५ जना समातिए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले चलाएको सर्च अप्रेशनमा १९५ जनाभन्दा बढी गुन्डा, बिचौलिया र दुख दिने व्यक्तिलाई समातिएका छन्।

गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ गरिएको हो।

उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको यो सर्च अप्रेशन जारी रहने बताइएको छ।