भारतमा रक्षा निर्यात ४ अर्ब बढी डलरको नयाँ उचाइमा पुग्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एजेन्सी । भारतको रक्षा निर्यात गग आर्थिक वर्षमा ४ अर्ब भन्दा बढी डलरको नयाँ उचाइमा पुगेको छ ।

रक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशत भन्दा बढी वृद्धि भएको हो । जसले भारतलाई दक्षिण एशियामा प्रमुख हतियार उत्पादक र निर्यातकका रूपमा स्थापित गर्ने दिशामा अघि बढाएको देखाउने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । रक्षामन्त्री राजनाथ सिंहले भारत विश्वव्यापी रक्षा उत्पादन केन्द्र बन्ने दिशामा अघि बढिरहेको बताउनुभयो । आर्थिक वर्ष २०२५र२६ मा रक्षा निर्यात ३ खर्ब ८४ अर्ब २४ करोड भारतीय रुपैयाँ अर्थात् ४ अर्ब १५ करोड डलर पुगेको मन्त्रालयले जनाएको छ ।

सरकारी कम्पनीहरूले निर्यातको करिब ५५ प्रतिशत उत्पादन गरेका थिए भने बाँकी निजी कम्पनीहरूले योगदान पु¥याएका थिए । भारतले १०० भन्दा बढी देशमा रक्षा उपकरण निर्यात गर्दै आएको छ । अमेरिका, फ्रान्स र आर्मेनिया शीर्ष ग्राहकहरू हुन् । निर्यातमा ढुवानी मिसाइल, डुङ्गा, तोपखाना, राडार प्रणाली, रकेट लन्चर र इलेक्ट्रोनिक कम्पोनेन्टहरू समावेश छन् ।

यद्यपि भारत अझै मुख्य रूपमा हतियारको ठूलो उपभोक्ता हो र विश्वव्यापी रूपमा निर्यातमा पनि अगाडि बढिरहेको छ । यस वर्षको शुरूमा भारतले रक्षा क्षेत्रमा ८५ अर्ब डलर वृद्धिको योजना घोषणा गरेको थियो । पछिल्लो समय पाकिस्तानसँगको चार दिने द्वन्द्वपछि भारले रक्षा खर्चमा वृद्धि गरेको थियो । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले भारतको हतियार खरिद विश्वव्यापी आयातको करिब ८ प्रतिशतमा सीमित रहेको बताएको छ ।

तर निर्यातको बढ्दो प्रवृत्तिले देशको आत्मनिर्भर रक्षा इकोसिस्टम र विश्वव्यापी विश्वास दुवैलाई मजबुत बनाएको देखाएको इन्स्टिच्युटले जनाएको हो ।