
काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालन भएसँगै पार्टीले नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको बताउनुभएको छ ।
सभापति लामिछानेले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले चुनावअघि आम नागरिकलाई गरेको वाचा पूरा गर्न शुरु गरिसकेको दावी गर्नुभएको हो । अब वाचापत्रमार्फत जनताको जनजीविकामा ठोस परिवर्तन ल्याउने जिम्मेवारी पार्टीमाथि रहेको उहाँको भनाइ छ । उहाँले सरकार नागरिकसँग गरेका वाचाहरु पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री आलोपालो हो कि पूरै कार्यकाल बालेन्द्र शाहले चलाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले त्यसकाे बारेमा कुनै सल्लाह नभएको जवाफ दिनुभएकाे छ।