इरानी ऊर्जा साइटमा सम्भावित आक्रमण १० दिनका लागि बन्द गरिएको राष्ट्रपति ट्रम्पको घोषणा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा साइटहरूमा सम्भावित आक्रमण थप १० दिनको लागि बन्द गरिको घोषणा गर्नुभएको छ ।

तेहरानसँग भएकाे जारी वार्ता निकै सकारात्मक ढंगले अगाडि बढिरहेको भन्दै उहाँले पावर प्लान्टहरुमा तत्काल कारबाही नगर्ने बताउनुभएको हो । गत सोमबार प्रारम्भिक पाँच दिनको विराम घोषणा गर्नुभएका राष्ट्रपति ट्रम्पले बिहीबार ट्रुथ सोशलमार्फत इरान सरकारको अनुरोध अनुसार आगामी अप्रिल ६ तारिखसम्मको लागि ऊर्जा प्लान्टमाथि हमला रोकिएको जानकारी दिनुभएको छ । ट्रम्पको यो घोषणासँगै बिहीबार बिहान उकालो लागेको तेलको मूल्य साँझसम्म घटेको हाे ।

यसअघि मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपतिट्रम्पले शान्ति योजनामा सहमत नभए अमेरिका इरानको सबै भन्दा खराब सपना बन्ने बताउनुभएको थियो । उहाँका विशेष दूत स्टिभ विटकफले सोही बैठकमा अमेरिकाले इरानलाई १५ बुँदे शान्ति योजना पठाएको पुष्टि गर्नुभएकाे छ ।