हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिडेको हो । कामदारले गत मङ्सिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिडेको गिरीले बताए । […]

म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ को अडिसन सम्पन्न

म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ को अडिसन काठमाडौंस्थित जस्मिन फिटनेस एण्ड स्पामा सफलतापूर्वक सम्पन्न भएको छ। अडिसनमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने योग्य प्रतिस्पर्धी छनोट प्रक्रिया सुरु भएको आयोजकले जनाएको छ। नेपालभरबाट २०० भन्दा बढी युवाहरूले आवेदन दिएको यस प्रतियोगितामा प्रारम्भिक छनोटपछि केही प्रतिस्पर्धीहरूलाई अडिसनका लागि आमन्त्रित गरिएको थियो। अडिसनका क्रममा प्रतिस्पर्धीहरूको आत्मविश्वास, व्यक्तित्व, सञ्चार क्षमता, […]

ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डुमा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न गुण्डु पुगेकी छिन्  । उनी आइतबार दिँउसो गुण्डु पुगेकी हुन् । भेटमा उनीहरूको वीचमा समसामयिक विषयमा समेत केही कुराकानी भएको बताइएको छ । ओलीको पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बसेको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय […]

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिनुभएको हो । उहाँले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताउनु भयो । उहाँले […]

कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । साेही बैठक आइतबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने […]

रूकुम-पूर्वका डीएसपी यादवमाथि छानबिन थालियाे

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन शुरु गरिएकाे छ। यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको हाे । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीकाे बारेमा ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यादवमाथि छानबिन थालेको छ […]

एनआरएनएको १२औँ अधिवेशन सुरु : नेपालको विकास र समृद्धिमा योगदान गर्न एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह

बालानन्द शर्माले नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । काठमाडौंमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै मन्त्री शर्माले औद्योगिक विकास, रोजगारी सिर्जनामा एनआरएनले योगदान पुर्‍याउने उल्लेख गरे । परराष्ट्रमन्त्री शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन् । […]

इनिसाको बलात्कारपछि मृत्यु प्रकरण : चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण गरिँदै

सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण सुरु गरिएको छ । पोलिग्राफ जाँच शुक्रबारबाटै सुरु भएकामा डिएनए परीक्षणका लागि चारैजनाको रगतको नमुना नेपाल प्रहरीको महाराजगन्जस्थित विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ । साथै, बलात्कारपछि मुत्यु भएकी इनिसाको यौनांगबाट लिइएको स्वाब पनि प्रयोगशालामा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका […]

बालेन सरकारका मन्त्रीहरुरास्वपाले कसरी छान्दैछ?

काठमाडौँ – करिब दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनका लागि आन्तरिक छलफलमा जुटेको छ। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद बनाउने सहमति चुनावअघि नै गरिसकेको छ। अहिले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबिच छलफल चलिरहेको छ। रास्वपाले जनताको चाहनाबमोजिम चुस्तदुरुस्त सेवा प्रवाह गर्न सक्ने क्षमता भएका सांसदलाई सरकारमा […]