आज र भोलि काठमाडौँ–दुबई–काठमाडौँ उडान हुँदै
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडानको तयारी गरेको छ । यसले मध्यपूर्व तनावमा परेका नेपाली यात्रुलाई राहत हुने भएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । नेपाल वायुसेवा निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौँ–दुबई उडान […]
वाणिज्य विभागले आयल निगमसँग माग्याे ग्यास आयात र बिक्रीको तथ्यांक
काठमाडाैं । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै जसको असर नेपालमा पर्न सक्ने जोखिम बढेकाे छ। साेही विषयलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्यासको आयात र बिक्रीको तथ्यांक मागेको हाे । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेश गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन दिइएको विभागका […]
सोलुखुम्बुमा ३७ सय बढी मत बदर
सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा ३७ सय भन्दा बढी मत बदर भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी जिल्लामा कूल ३ हजार ७ सय ६४ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको कूल मतदाता संख्या ८५ हजार ५ सय १५ रहेको […]
अमेरिका र इजरायलकाे संयुक्त सैन्य आक्रमणमा परी जीवन गुमाउने इरानीकाे संख्या १३ सय नाघ्याे
एजेन्सी । गत फेब्रुअरी २८ तारिख यता अमेरिका र इजरायलकाे संयुक्त हवाई आक्रमणमा परी जीवन गुमाउने इरानीकाे संख्या १ हजार ३ सय भन्दा बढी पुगेकाे छ। साेही आक्रमणका कारण अन्य ९ हजार ६ सय ६९ नागरिक स्थलहरू ध्वस्त भएका हुन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा […]