
एजेन्सी । गत फेब्रुअरी २८ तारिख यता अमेरिका र इजरायलकाे संयुक्त हवाई आक्रमणमा परी जीवन गुमाउने इरानीकाे संख्या १ हजार ३ सय भन्दा बढी पुगेकाे छ।
साेही आक्रमणका कारण अन्य ९ हजार ६ सय ६९ नागरिक स्थलहरू ध्वस्त भएका हुन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा ७ हजार ९ सय ४३ आवासीय घरहरू, १ हजार ६ सय १७ व्यावसायिक – सेवा केन्द्रहरू, ३२ चिकित्सा तथा औषधि सुविधाहरू, ६५ विद्यालय तथा शैक्षिक संस्थाहरू, १३ रेड क्रिसेन्ट भवनहरू र बढी ऊर्जा आपूर्ति सुविधाहरू समावेश रहेकाे बताउनुभयाे।
राजदूत तथा स्थायी प्रतिनिधि इरावानीले नागरिक लक्ष्यहरूमा आक्रमण गरिएका धेरै उदाहरणहरू सूचीवद्ध गर्नुभएकाे छ ।