मादुरो दम्पतीको रिहाइको माग गर्दै भेनेजुएलामा विरोध प्रदर्शन

अमेरिकी हिरासतमा रहेका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई मुक्त गर्न माग गर्दै भेनेजुएलामा हजारौँ मानिसले राजधानी काराकासमा विरोध प्रदर्शन गरेका छन् । जनवरी ३ मा मादुरो दम्पतीलाई अमेरिकी सेनाले कब्जा गरेको एक महिनादेखि भएको यो पहिलो ठुलो प्रदर्शन हो । प्रदर्शनकारीहरूले भेनेजुएलालाई निकोलस चाहिन्छ ! भन्ने नारा लगाएका थिए भने उनको रिहाइका […]

काठमाडौँमा चोरीको मोटरसाइकल र स्कुटरसहित दुई युवक पक्राउ

काठमाडौँ प्रहरीले चोरीको स्कुटर र मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतका प्रहरी टोलीले सोमबार अलग–अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले सोमबार बिहान ३ बजेतिर चेकजाँचका क्रममा चोरीको भेस्पा स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१३ स्थित संयुक्त बसपार्कमा बागमती प्रदेश ०२–०२३ प ५८८० नम्बरको […]

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

६२ लाख गरिबहरूको भोट

घट्नुपर्ने गरिबी केही वर्षयता बढिरहेको छ। राष्ट्रिय योजना आयोगको १५औँ आवधिक योजनाले गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। तर, केही दिनअघि मात्र राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान २०८२’ प्रतिवेदनअनुसार कुल जनसङ्ख्याको २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। अर्थात्, कुल जनसङ्ख्याको ६२ लाख ६६ हजार १४५ जना गरिबीमा छन्। एकातिर गरिबी झन्–झन् […]

सरकारको संरक्षणमा तिब्बती गतिविधि हुनु एक चीन नीतिमाथि ठाडो प्रहार हो : झलनाथ खनाल

तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको नेपाल आगमन र काठमाडौँको बौद्धमा भइरहेको प्रवचनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार नेपाली कम्युनिस्ट पार्टी, काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर –१५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले रिम्पोछेको नेपाल आगमन सामान्य धार्मिक गतिविधि […]

आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार एक सूचना जारी गरी निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको उल्लङ्घन भएको गुनासो प्राप्त भएकाले सम्बद्ध सबैलाई सचेत गराइएको जनाउँदै आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न […]

महावीर पुन कुर्सीको लोभले होइन, कानुन बनाउन चुनाव लड्दैछन् : प्रकाश सपुत

चर्चित गायक प्रकाश सपुतले पूर्वमन्त्री महावीर पुन कुर्सीको मोहले नभई देशका लागि आवश्यक कानुन बनाउन चुनावमा होमिएको दाबी गरेका छन् । पुनलाई चुनाव जितको शुभकामना दिन म्याग्दीको बेनी पुगेका सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले पदबाट राजीनाम दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका […]