हर्क साम्पाङको निर्वाचन क्षेत्रको कोशीमा पुगेर बालेनले ‘खुवालुङ’बारे के भने?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं

– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको निर्वाचन क्षेत्र सुनसरी–१ स्थित सप्तकोशी खुवालुङमा पुगेर सभ्यताबारे व्याख्या गरेका छन्।

कोशीमा मोटरबोट चढेपछि बुधबार दिउँसो उनले फेसबुकमा किराँत सभ्यता र खुवालुङको महत्वबारे लेखेका हुन्।

उनी लेख्छन्–
खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा ‘सभ्यताको द्वार’ मानिन्छ।

मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो।

यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ।