नेप्से सामान्य अंकले रातो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
नेप्से सामान्य अंकले बढ्यो

मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार आज सामान्य अंकले ऋणात्मक रहेकाे छ । उतारचढावबीच बजार परिसूचक नेप्से डेढ अंकले ऋणात्मक रहेर २६ सय ८१ कायम भएर राेकिएकाे छ ।

सुरुमा केही समय सकारात्मक रहँदै २७ सय माथि पुगेर ओरालो लागेको नेप्से झण्डै ३० अंकको उतारचढावबीच नेप्से अन्तिम समयमा झिनो अंकले अंकले रातो रहेर थामिएको हो । कारोबार हिजोको तुलनामा १ अर्बले खुम्चिएर साढें ७ अर्बमा सीमित रह्यो । यसदिन ७ वटा समूह सकारात्मक रहँदा पनि नेप्से हरियो रहन सकेन् ।

वित्त, व्यापार, विकास बैंक, होटल, जलविद्युत, लगानी र निर्जीबन बीमा समूह सकारात्मक रहँदा बाँकी ऋणात्मक रहेका हुन् । वित्त समूह करिब १ प्रतिशतले उकालो लाग्दा अरु सामान्य दरले उतार चढाव भए । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय २६ स्टकको १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब ५० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

घटेको बजारमा पनि कालिन्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो, आँखुखोला जलविद्युत गरि चार कम्पनीका लगानीकर्ताले १०-१० प्रतिशत कमाए । यसदिन आँखुखोला जलविद्युतको सबैभन्दा उच्च ८० करोडको शेयर खरिद बिक्री भयो ।