माओवादी मुस्ताङका पूर्व अध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

माओवादी मुस्ताङका पूर्व अध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेशमुस्ताङका साविक नेकपा माओवादी केन्द्र पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला सदस्य प्रतिभा गुरुङ र ताक्लुङका नेता चन्द्र विक कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई कांग्रेस मुस्ताङका सभापति एवं पूर्व मन्त्री रोमी गौचन थकालीले पार्टीमा स्वागत गरे । गौचनले प्रजातान्त्रिक मूल्य मान्यता, समावेशी राजनीति र जनताको सेवामा विश्वास गर्नेहरूको आगमनले पार्टीलाई मुस्ताङमा अझ सशक्त बनाउने बताए ।