सञ्चार मन्त्री खरेलले भने- ‘सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण’

नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताएका छन् । मन्त्री खरेलले सबै तहबाट निर्वाचन राष्ट्रिय प्राथमिकतामा छ, यसमा द्विविधा नहोस् र निर्वाचनको वातावरण निर्माण गर्न सरकारदेखि सरोकारवाला सबै पक्ष क्रियाशील रहेको बताए । नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमका सम्पादकीय नेतात्वसँगको छलफलमा […]

पोखराबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

पोखराको पृथ्वीचोकबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्कीको पोखरा महानगरपालिका–३२ का ३७ वर्षीय बिनोद ढकाल र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनीका ३८ वर्षीय बिकाश लामालाई प्रहरी लागूऔषधसहित नियन्त्रणमा लिएको हो। सोमबार साँझ ग १ ख ४४९९ नम्बरको हाइस गाडीमा सवार उनीहरुको साथबाट ३.८९ ग्राम खैरो हेरोइन (ब्राउनसुगर) बरामद भएको थियो। पोखरातर्फ आउँदै गरेको […]

छोरेपाटन–शान्ति स्तूप–पुम्दीकोट मार्गमा फोहोर गर्न निषेध, सवारीसाधनले फोहोर फाले कडा कारबाही हुने

पोखरा, कार्तिक १८ । छोरेपाटन पर्यटक क्षेत्र हुँदै शान्ति स्तूपा र पुम्दीकोट जाने मोटरबाटो तथा अन्य भित्री सडकहरूमा बढ्दो फोहोरका कारण स्थानीय समुदायहरू सरसफाइ अभियानमा सक्रिय हुने भएका छन् । यही विषयमा आज कालिमाटी शान्ति स्तूप टोल विकास संस्था, कोदि शान्ति टोल विकास संस्था, टारी–घैयाखेत टोल विकास संस्था, पुम्दीकोट टोल विकास संस्था, विभिन्न आमा समूह […]

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताएकी छन् । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताइन्। साथै उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई […]

फुट्यो माओवादी केन्द्र, जनार्दनद्वारा प्रगतिशील अभियान नेपालको घोषणा

माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताएका छन्। नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए। उनले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा […]

दोलखामा हिमपहिरो : एक विदेशीसहित तीनको मृत्यु, चार बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका– ९ स्थित रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा तीनजनाको मृत्यु भएको छ । उक्त हिमाल आरोहणका लागि गएका एक विदेशी नागरिकसहित तीनजनाको मृत्यु भएको हो । सोमबार बिहानको हिमपहिरोमा अन्य चार बेपत्ता र चार घाइते रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । ‘हिमपहिरोमा घाइते भएकाहरूले बताएअनुसार […]

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले  प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक […]

रवि लामिछाने निस्किएको विषयमा नख्खु जेलका जेलर जोशीसँग जाँचबुझ आयोगले लियो बयान

जेनजी विद्रोहका क्रममा भदौ २४ गते नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछानेसहित कैदीबन्दी बाहिर निस्किएको विषयमा न्यायीक जाँचबुझ आयोगले जेलर सत्यराज जोशीसँग बयान लिएको छ। सिंहदरबास्थित जाँचबुझ आयोगको कार्यालयमा बोलाएर जोशीसँग बयान लिइएको हो। नख्खु कारागारबाट कसरी कैदीबन्दी भागे वा भगाइए भन्नेबारे जाँचबुझ आयोगले तत्कालीन कारागार प्रमुखसँग बयान लिएको स्रोतले जनायो। कारागारका अन्य अधिकारी र […]