पोखराबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखराको पृथ्वीचोकबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका–३२ का ३७ वर्षीय बिनोद ढकाल र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनीका ३८ वर्षीय बिकाश लामालाई प्रहरी लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

सोमबार साँझ ग १ ख ४४९९ नम्बरको हाइस गाडीमा सवार उनीहरुको साथबाट ३.८९ ग्राम खैरो हेरोइन (ब्राउनसुगर) बरामद भएको थियो।

पोखरातर्फ आउँदै गरेको हाइसमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पृथ्वीचोकमा गाडी रोकेर खानतलासी गर्दा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि १५ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए।