एमालेको महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौंमै हुने

नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले एमालेको ११ औं महाधिवेशन पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको हो । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको ११ औं महाधिवेशन मंसिरमा काठमाडौंमा हुने छ ।
असोजमा प्रहरीले गर्यो २३ करोड ४३ लाख राजस्व दाखिला, कुन शीर्षकमा कति ?

नेपाल प्रहरीले चालु आर्थिक वर्षको असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैयाँको राजस्व दाखिला गरेको छ । विभिन्न शीर्षकमा संकलन गरेर असोज महिनामा उक्त रकम राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन‚ ट्राफिक कारबाही राजस्व‚ अवैध सुन बरामद‚ अवैध मालसामान बरामद‚ स्रोत नखुलेको रकम‚ […]
भोजपुरमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, चार घाइते

टक्सार (भोजपुर)- षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको […]
अनलाइन दर्ताको लागि सरकारले तोकेको शूल्कप्रति प्रेस सेन्टरको ध्यानाकर्षण

सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणसम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निःशुल्क रूपमा हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ताका लागि राखिएको पाँच हजार र नवीकरणका लागि राखिएको दुई हजार पाँच सय रुपैयाँ शुल्कको विरोध गरेकाे छ। अनलाइन सञ्चारमाध्यमको दर्ता […]
भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार पहल थालिएको छ । त्यसका लागि भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्क सुरु गरिएको छ। यो कार्यक्रमले नवीन र रूपान्तरणकारी व्यावसायिक विचार भएका नेपाली उद्यमीहरूलाई आवेदन गर्न आमन्त्रण गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यस अन्तर्गत सहभागीहरूलाई आईआईटी मद्रासमा आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुने आठ हप्ते पूर्णरूपमा […]
२१ फागुनमै निर्वाचन हुन्छ, सुरक्षाको चिन्ता लिनुपर्दैन : प्रधानमन्त्री

शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री सुशीला कार्कीले भनिन्– लुटिएकामध्ये फिर्ता हुन बाँकी हतियार अब ५–६ सयजति होलान्, फिर्ता नभएका हतियार पनि कहाँ–कहाँ छन् भनेर प्रहरी प्रशासनले ‘लोकेट’ गरिसकेको छ । लोकेट गरिसकिएकाले ती हतियार पनि फिर्ता हुनेछन् भन्नेमा विश्वस्त छौँ । सरकारले राष्ट्रपतिबाट पाएको कार्यादेशअनुसार केही मन्त्री निर्वाचन सम्पन्न गराउन र जेन–जी आन्दोलनको मागअनुसार सरकारका केही मन्त्री सुशासन […]
विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालले आज खेल्दै

आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबार नेपालले उत्कृष्ट फर्ममा रहेको अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । युएईको दुबईमा चलिरहेको लिग–२ मा नेपालले अहिलेसम्म दुई खेल खेल्दा हारको सामना गरेको छ । अमेरिका र घरेलु टोली युएईसँगको प्रतिस्पर्धामा ब्याटिङ कमजोरीका कारण नेपालले खराब हार व्यहोरेको थियो । पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईबाट पाँच विकेटले […]