एमालेको महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौंमै हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले एमालेको ११ औं महाधिवेशन पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको हो । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको ११ औं महाधिवेशन मंसिरमा काठमाडौंमा हुने छ ।