नेपाल प्रहरीले चालु आर्थिक वर्षको असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैयाँको राजस्व दाखिला गरेको छ ।
विभिन्न शीर्षकमा संकलन गरेर असोज महिनामा उक्त रकम राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन‚ ट्राफिक कारबाही राजस्व‚ अवैध सुन बरामद‚ अवैध मालसामान बरामद‚ स्रोत नखुलेको रकम‚ अवैध नदीजन्य पदार्थ उत्खनन‚ अवैध काठ बरामद‚ अवैध पशुपक्षी‚ अवैध मुद्रा बरामद र अवैध चाँदी बरामद गरी १० शीर्षकमा उक्त रकम संकलन गरेर राजश्व खातामा दाखिला गरेको हो ।
सबैभन्दा बढी राजस्व ट्राफिक कारबाहीबाट संकलन भएको छ। जसमा तीन करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ संकलन भएको छ। सबैभन्दा कम राजस्व अवैध मुद्रा बरामदबाट एक लाख ६ हजार ४९६ रुपैयाँ संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कुन शीर्षकमा कति हेर्नुहोस्ः
