एस फुटको संघारमा रहँदा एमालेमै फर्कन ओलीले गरे आह्वान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर विभिन्न दलमा रहेकालाई एमालेमा फर्कन आह्वान गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा नेकपा एकीकृत समाजवादी नेकपा माओवादीसँग एकता गर्ने तयारीका साथ जुटिरहेका बेला ओलीले दु:खले तयार पारेको एमालेलाई थप समृद्ध बनाउन जुट्नुपर्ने बताए । उनले सामाजिक सञ्जालमार्फत आफ्नो घर फर्कन आह्वान गरेका हुन् । […]

कुलमान घिसिङलाई रास्वपामा ल्याउन छलफल जारी: खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान मन्त्री कुलमान घिसिङलाई पार्टीमा ल्याउने विषयमा छलफल गरिरहेको जनाएको छ। शुक्रबार पार्टीद्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा नेता शिशिर खनालले घिसिङलगायत अन्य स्वतन्त्र व्यक्तित्वहरूसँग पनि निरन्तर संवाद भइरहेको बताएका हुन्। उनले सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएमा घिसिङलाई सभापति बनाउने विषयमा समेत पार्टीभित्र […]

कास्की जिल्ला कारागारबाट भागेर क्यामेरा र मोटरसाइकल चोर्ने एक कैदी पक्राउ

कास्की जिल्ला कारागारबाट भागेर क्यामेरा र मोटरसाइकल चोर्ने एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जेन-जी आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका पोखरा महानगर– ७ घारीपाटन बस्ने विवश जलारीलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार उनलाई वडा प्रहरी कार्यालय वैदाम लेकसाइडबाट चोरी गरेको क्याननको सोको क्यामेरा र नम्बर प्लेट नभएको पल्सर […]

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय गरेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी संहालेकी प्रधानमन्त्री कार्कीले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन् । समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य चयन भएका छन् […]

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेका जानकारी दिएको हो । एफसी एसियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ । गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएका म्याट रोसले एक वर्ष […]

प्रहरी महानिरीक्षक खापुङ्गले पोखरा गरे नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले कास्की पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको शुक्रबार उद्‌घाटन गरेका छन् । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यम मार्फत उक्त पेट्रोल पम्पको उद्घाटन गरेका हुन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक […]

माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने

नेकपा (एकीकृत समाजवादी)का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको छ । यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताउनु भयो । पार्टी केन्द्रीय कार्यालयमा […]

लुक्लामा ६ सय बढी पर्यटक अपलपत्र

सोलुखुम्बुको लुक्लामा प्रतिकूल मौसमका कारण करिब ६ सय भन्दा बढी पर्यटक अपलपत्र परेका छन्। लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठका अनुसार लुक्ला र सुर्केमा पर्यटकहरुलाई बस्ने र खाने ठाउँको अभाव भएको हाे । त्यस्तै, सगरमाथा आधारशिविर क्षेत्रमा मात्र १ हजार ४ सय ९० जना पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी […]

आफूले भाग लिन नपाए देशमा निर्वाचन नै हुन नदिने संरक्षक चौधरीकाे चेतावनी

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्मण थारु, धनिराम थारु र आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो निर्वाचन हुन नदिने चेतावनी दिनुभएको हो । संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले […]

काठमाडौंबाट फोहोर लिएर गएका गाडी बाटोमै रोकिए

काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरू फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि बाटोमै रोकिएका छन्। साेही क्षेत्रका स्थानीयवासीसँग वार्ताको प्रयास भए पनि अझै समाधान निस्किएको छैन । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ-आफ्नो घर, पसल तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको […]