कास्की जिल्ला कारागारबाट भागेर क्यामेरा र मोटरसाइकल चोर्ने एक कैदी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्की जिल्ला कारागारबाट भागेर क्यामेरा र मोटरसाइकल चोर्ने एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

जेन-जी आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका पोखरा महानगर– ७ घारीपाटन बस्ने विवश जलारीलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार उनलाई वडा प्रहरी कार्यालय वैदाम लेकसाइडबाट चोरी गरेको क्याननको सोको क्यामेरा र नम्बर प्लेट नभएको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो। ती सामान बरामद गरेको उनले बताए।

भदौ २४ गते प्रदर्शनकारीले वडा प्रहरी कार्यालय बैदाममा पनि तोडफोड, आगजनी र लुटपाट गरेका थिए।

सोही क्रममा कारागारबाट भागेर जलारीले प्रहरी कार्यालयमा आक्रमण गरी क्यामेरा र मोटरसाइकल चोरी गरेको डिएसपी बस्नेतको भनाइ छ।

जलारीलाई शुक्रबार जिल्ला अदालत कास्कीबाट अपराधिक उपद्रव कसुरमा अनुसन्धान ६ दिन म्याद थप गरिएको छ। उनी हत्या मुद्दामा कारागार चलान भएका थिए ।