नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेका जानकारी दिएको हो ।
एफसी एसियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।
गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएका म्याट रोसले एक वर्ष नपुग्दै बिहीबार राजीनामा पठाएका थिए ।