काठमाडौंबाट फोहोर लिएर गएका गाडी बाटोमै रोकिए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरू फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि बाटोमै रोकिएका छन्।

साेही क्षेत्रका स्थानीयवासीसँग वार्ताको प्रयास भए पनि अझै समाधान निस्किएको छैन । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ-आफ्नो घर, पसल तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका हुन् ।