जुम्लामा आगलागी: एक परिवारको घरसहित सर्वस्व खरानी

जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा मंगलबार बिहान आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय बिन्दराम विकको दुईतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीबाट करिब १९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद तथा […]

पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका

पोखरामा विदेशी पर्यटकले भाइटीका लगाएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा भाइटीका महोत्सव गरिएको हो । त्यसक्रममा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई बिहीबार भाइटिका लगाइएको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । भाइटीका लगाउने कार्यक्रममा […]

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । “सूचनारसमाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो […]

उत्तर कोरियाको हाइपरसोनिक मिसाइल परीक्षणले क्षेत्रीय तनाव बढायो

उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ। दक्षिण कोरियाली सेनाले बुधबार प्योङयाङबाट प्रक्षेपण भएको पत्ता लगाएको थियो। यो विगत केही महिनायता यस्तो प्रकारको पहिलो परीक्षण हो। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेका […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ। तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले जानकारी दिए। ‘बिहान करिब ३ः४५ बजे तार्केश्वर–३ चिसापानीस्थित सडक खण्ड अन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ […]

चितवनमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गोन्द्रेङमा टाँडीबाट भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आज बिहान सवा चार बजेको समयमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार गैंडाकोट नगरपालिका-१ का ४४ वर्षीय […]

अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ। फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ। सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी […]

आइसल्यान्डमा पहिलो पटक देखियो लामखुट्टे

लगभग वर्षभरि हिउँले ढाकिएको आइसल्यान्डमा पहिलो पटक लामखुट्टे फेला परेका छन्। यस वर्ष वसन्त ऋतुमा त्यहाँ रेकर्ड कायम गर्ने गरी गर्मी बढेको थियो। स्थानीय मिडियाका रिपोर्टअनुसार, अनुसन्धाता ब्योर्न ह्याल्टेसनले गत सातामा लगातार केही रातसम्म रक्सीमा भिजेका डोरीहरू प्रयोग गरेर पातपतिङरहरूको अवलोकन गरिरहेका बेला लामखुट्टे देखेका हुन् । बीबीसीका अनुसार, ह्याल्टेसनले दुई वटा पोथी र एउटा […]

मेयर धनराज आचार्यद्वारा शुभ–दीपावलीको शुभकामना

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालीहरूको महान् पर्व शुभ–दीपावली (तिहार) २०८२ का अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मेयर आचार्यले तिहारलाई रंग, उज्यालो र मेलमिलापको पर्वको रूपमा व्याख्या गर्दै यसको मौलिक सांस्कृतिक महत्व नेपाली समाजको एकता र पहिचानसँग गहिरो रूपमा जोडिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विषम […]