लगभग वर्षभरि हिउँले ढाकिएको आइसल्यान्डमा पहिलो पटक लामखुट्टे फेला परेका छन्। यस वर्ष वसन्त ऋतुमा त्यहाँ रेकर्ड कायम गर्ने गरी गर्मी बढेको थियो।
स्थानीय मिडियाका रिपोर्टअनुसार, अनुसन्धाता ब्योर्न ह्याल्टेसनले गत सातामा लगातार केही रातसम्म रक्सीमा भिजेका डोरीहरू प्रयोग गरेर पातपतिङरहरूको अवलोकन गरिरहेका बेला लामखुट्टे देखेका हुन् ।
बीबीसीका अनुसार, ह्याल्टेसनले दुई वटा पोथी र एउटा भाले मच्छर फेला पारे। यी लामखुट्टेहरू ‘कुलिसेटा अन्नुलाटा’ नामक प्रजाति भएको पत्ता लागेको छ।
यो त्यस्ता केही मच्छर प्रजातिमध्ये एक हो, जुन चिसो मौसममा पनि बाँच्न सक्छ।
आइसल्यान्ड यसअघि लामखुट्टे नपाइने देशहरूमा पर्दथ्यो । लामखुट्टे नपाइने अर्को ठाउँ अन्टार्कटिका हो ।