मेयर धनराज आचार्यद्वारा शुभ–दीपावलीको शुभकामना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालीहरूको महान् पर्व शुभ–दीपावली (तिहार) २०८२ का अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

मेयर आचार्यले तिहारलाई रंग, उज्यालो र मेलमिलापको पर्वको रूपमा व्याख्या गर्दै यसको मौलिक सांस्कृतिक महत्व नेपाली समाजको एकता र पहिचानसँग गहिरो रूपमा जोडिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “विषम परिस्थितीका बीच समाजलाई पुनर्ताजगी दिने र विभाजनबाट जोगाउँदै सांस्कृतिक एकता तथा पहिचानलाई अक्षुण्ण राख्न यस पर्वले महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

मेयर आचार्यले पाँच दिनसम्म मनाइने यमपञ्चक (काग तिहारदेखि भाइटिकासम्म) लाई नेपाली सभ्यताको प्रतीक भन्दै, यस पर्वले नेपालीहरूमा नयाँ उत्साह, जोस र उमङ्ग थप्ने विश्वास व्यक्त गर्नुभएको छ।

उनले थप भन्नुभयो, “मौलिक चाडपर्वको संरक्षण र संवर्धनबाट राष्ट्र र राष्ट्रियता प्रति सम्मान र प्रेमको भावना जागृत गर्न पोखरा महानगरपालिका प्रतिबद्ध छ।”

अन्त्यमा उहाँले निधारमा सप्तरङ्गी टिका, गलाभरि फूलमाला, घरघरमा दीपावली, देउसी–भैलो र सेलरोटी–मिष्ठान्नसहितको रमाइलो पर्वले सबै नेपालीको जीवनमा उज्यालो र खुशी ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।