चितवनमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गोन्द्रेङमा टाँडीबाट भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आज बिहान सवा चार बजेको समयमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार गैंडाकोट नगरपालिका-१ का ४४ वर्षीय टंकप्रसाद थापा रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा ४:४४ बजेको समयमा मृत्यु भएको हो।

यस्तै मोटरसाइकल चालक सोही ठाउँ बस्दै आएका २६ वर्षीय केशव घर्तीमगर घाइते भएका छन्। उनको उपचार अहिले नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ।