आजदेखि विद्यालय सञ्चालनमा आउँदै

देशभरिका विद्यालयहरू स्थानीय पालिकासँगको समन्वयमा सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले नजिकिँदै गएको चाडपर्व र पालिकाको अवस्था हेरेर अनुकुल वातावरणमा विद्यालय सञ्चालन गर्न पालिकालाई नै स्कुल सुचारुको जिम्मा दिइएको बताए। ‘दसैं, तिहार र छठ पर्व नजिकिँदै छ अनि सबै विद्यालय एकैपटक खोल्न सक्ने अवस्था पनि […]

लुटपाटमा हाम्रा काेही पनि सदस्य संलग्न देखिए प्रशासनलाई सहयोग गर्छौँ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक–धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गरेको छ। रास्वपाले आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले एक विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न […]

सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द गरेको छ । जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS ) सम्बन्धी सेवा अवरुद्ध भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागले अर्को सूचना […]

मन्त्रिपरिषद्: अर्थमा रामेश्वर, ऊर्जामा कुलमान, गृहमा ओमप्रकाशलाई जिम्मेवारी

जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा, प्रधानमन्त्री कार्कीले देशका तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको नाम टुंगो लगाएकी छिन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास […]

एमालेले भन्यो: ‘हामी फेरि उठ्नेछौं, अझै बलियो, अझै एकत्र’

जेन-जी आन्दोलनका क्रममा भएको आगजनीले भग्नावशेषमा परिणत भएको नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा कार्यकर्ताहरूले पुनर्निर्माण र पुनर्जागरणको संकल्प व्यक्त गरेका छन्। आइतबार बिहान जलेको कार्यालय ‘हामी फेरि उठ्नेछौं, अझै बलियो, अझै एकत्र’ लेखिएको ब्यानर टाँस्दै उनीहरूले पार्टीको आस्था र विश्वास नढलेको बताएका हुन्।‍ केही संख्यामा उपस्थित कार्यकर्ताहरूले पार्टीको झण्डा गाड्दै सांकेतिक रूपमा फेरि सुरुवात भएको […]

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ। भदौ २४ गतेको आन्दोलनका क्रममा दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो। इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता […]

जेन–जी आन्दोलनका सहिद परिवारलाई प्रधानमन्त्रीको उपेक्षा : भेटका लागि दिनभर बालुवाटारमा कुरे, राति निकालिएपछि धर्नामा बसे

जेन–जी आन्दोलनका सहिद परिवारले प्रधानमन्त्री सुशीला कार्कीले उपेक्षा गरेको गुनासो गरेका छन् । दिनभर कुराएर भेट नदिएको तथा माग सम्बोधनमा चासो नदिएको भन्दै उनीहरू आइतबार राति प्रधानमन्त्रीको सरकारी निवासबाहिर धर्नामा बसेका छन् । आफूहरूलाई बेवास्ता गरी प्रधानमन्त्री कार्की सत्ताको खेलमा लागेको गुनासो उनीहरूको छ । प्रधानमन्त्री कार्कीले प्रतिबद्धताबमोजिम आफूहरूको माग पूरा नगरेको र दिनभर कुराएर भेटसमेत नदिएको उनीहरूको […]