ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह बन्द

इराकले आफ्ना तेल टर्मिनलहरूको सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । पर्सियन खाडीमा दुई वटा तेल ट्याङ्करमाथि आक्रमणपछि सो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् । जनरल कम्पनी फर इराकी पोर्टस्का महानिर्देशक फरहान अल–फर्ताैसीले इराकी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार तेल टर्मिनलहरू पूर्ण रूपमा बन्द गरिएका छन्, तर देशका व्यावसायिक बन्दरगाहहरू भने अझै सञ्चालनमा छन् । […]
थाइल्यान्डले स्पष्टीकरणका लागि बोलायो इरानी राजदूतलाई

थाइल्यान्डले आफ्नो देशमा रहेका इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ । बुधबार हर्मुज जलडमरु नजिक अज्ञात प्रक्षेप्यले लागेर थाई बल्क क्यारियर मयुरी नरीमा विस्फोट भएको घटनामा यो कदम चालिएको हो । राजदूतसँग जहाजमाथि भएको आक्रमणबारे सोधपुछ गरिने भन्दै थाइ न्यूज एजेन्सीले समाचार प्रकाशित गरेको छ । सरकारले बिहीबार दिएको जानकारीअनुसार घटनापछि जहाजमा आगलागी हुँदा तीन […]
इरानले बढायो खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण
मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको भन्दै क्षेत्रभरि चिन्ता बढेको छ । पछिल्ला केही घण्टामा बहराइनमा इन्धन भण्डारण ट्यांकीहरूमा आक्रमण भएको खबर आएको छ । यसअघि बुधबार सलालाह बन्दरगाह सहरमा रहेका इन्धन ट्यांकीहरूमा ड्रोन आक्रमण भएको थियो । त्यही दिन हर्मुज जलडमरु क्षेत्रमा एउटा मालवाहक जहाज पनि निशाना बनाइएको […]
इजरायली आक्रमण: लेबनानमा जीवन गुमाउनेको संख्या साढे ५ सय नाघ्याे, १४ सय बढी घाइते
एजेन्सी । इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा मृत्यु हुनेकाे संख्या ५ सय ७० जना पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्यांक अनुसार यहि मार्च २ तारिखदेखि शुरु भएको आक्रमणमा परी हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका हुन् । यस द्वन्द्वले देशभरी ठूलो स्तरमा विस्थापन निम्त्याएको छ । सरकारी […]
पाकिस्तानी प्रधानमन्त्री शरीफको बधाईमा बालेनले लेखे- ‘पाकिस्तान एक सुन्दर राष्ट्र र अडिग मित्र’
काठमाडौं । नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले व्यक्त गरेको शुभकामना सन्देशप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कृतज्ञता प्रकट गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रधानमन्त्री शहबाज शरीफलाई मेन्सन गर्दै नेता शाहले पाकिस्तानलाई एक सुन्दर राष्ट्र र नेपालको एउटा अडिग मित्रको रूपमा स्मरण गरेका हुन् । आफ्नो संक्षिप्त तर […]
सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई
काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्। सन्देशमा उनले […]
सरकारसँग कति पैसा छ ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा नेपाल सरकारको खातामा साढे तीन खर्बभन्दा बढी रकम रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार संघीय, प्रदेश तथा स्थानीय तहका खातामा गरी कुल ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। यो रकम संघीय सरकारसँगै प्रदेश सरकार र स्थानीय […]
गोकुल बास्कोटा भन्छन् : ‘कम्युनिस्ट पार्टी सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ’
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनकाे बारेमा टिप्पणी गर्नुभएकाे छ। नेता बास्कोटाले बिहीबार सामाजिक संजालमार्फत कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिनुभएकाे हाे । नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्सु (उत्कर्ष) र […]
लहानका डेन्टल क्लिनिकः चिकित्सको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार
सिरहा । यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा अजय कुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको हो। अनुगमनका क्रममा हिमाल […]
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी […]