पर्यटन बसपार्कबारे मेयर आचार्यले यसरी गराए ध्यानाकर्षण

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-७ राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कबारे ध्यानाकर्षण गराएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बसपार्कबारे ध्यानाकर्षण गराएका हुन् । साथै उनले पोखरा बसपार्कको पुनर्निर्माण गर्नुका साथै पोखराका छ वटा नाकामा साना टर्मिनल र लामाचौर क्षेत्रमा पूर्ण क्षमताको बसपार्क निर्माण गर्न दातृ निकायसँग आवश्यक सम्झौता प्रक्रियामा अघि बढिरहेको समेत […]

शिक्षा क्षेत्रमा सिकाईको संकट : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै महामन्त्री थापाले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताउनुभयो । उहाँले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको बताउनुभयो […]

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया र महासचिवमा दीपक धामी विजयी

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । बिहीबार मध्यराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत पाउँदा पौडेलले ७२५ मत ल्याएका थिए । उपाध्यक्षमा विकास श्रेष्ठ र महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित […]

यी स्थानमा आज भारी वर्षा हुने

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र […]

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’

अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको दृश्य कस्तो थियो भनेर बताएका छन् । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘म घरमा बसिरहेको थिएँ, अचानक ठुलो आवाज आयो। भूकम्प आएको जस्तो महसुस भयो। चारैतिर धुवाँ थियो। मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ। जब हामी यहाँ आयौं, अनि मात्र दुर्घटनाबारे मलाई थाहा भयो। जब […]

झलनाथले अस्पतालमा भेटे मोहन वैद्य

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेता मोहन वैद्य किरणलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनाल वैद्यलाई भेट्न बिहीबार साढे ३ बजे अस्पताल पुगेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य ‘किरण’ जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । यसअघि वैद्यलाई […]

यो विमान बोइङ ७८७–८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई१७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’ ‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको […]

मनिष झाको दाबी– छानबिन समिति बनाउन प्रतिपक्षी एकमत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को सङ्गठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ । बिहीबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् । ‘आजको पहिलो चरणको बैठकको निष्कर्ष: […]

२४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।  एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल […]

महिला स्वरोजगारमा टेवा दिन पोखरा–८ मा मखमली बुट्टा तालिम सुरु

पोखरा महानगरपालिका वडा नं. ८ मा महिलाहरूको सीप अभिवृद्धि तथा स्वरोजगार प्रवर्द्धनका लागि १० दिने “मखमलीमा बुट्टा भर्ने तालिम” सुरु गरिएको छ। वडास्तरीय कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिम वडा कार्यालयको सभाहलमा प्रारम्भ भएको हो। तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रूद्रनाथ बरालले अध्यक्षता गर्नुभयो। वडा सदस्य गोविन्द बराल र हिराकाजी श्रेष्ठले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो भने […]