सामसुङले आफ्ना आगामी ग्यालेक्सी फोनहरूका लागि एक नयाँ र शक्तिशाली सुरक्षा फिचरको तयारी गरिरहेको छ।
कम्पनीले हालै एक ब्लग पोस्टमार्फत ग्यालेक्सी फोनहरूमा चाँडै नै ‘पिक्सेल लेभल’ मा काम गर्ने सुरक्षा फंक्सनहरू उपलब्ध गराउने पुष्टि गरेको हो।
यसको विस्तृत विवरण सार्वजनिक नगरिए पनि आगामी फेब्रुअरीको अन्त्यतिर हुने ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमा यसबारे थप जानकारी दिइने अपेक्षा गरिएको छ। सोही कार्यक्रममा नयाँ ग्यालेक्सी एस२६ सिरिज पनि सार्वजनिक हुने अनुमान छ।
कम्पनीले हालै एक ब्लग पोस्टमार्फत ग्यालेक्सी फोनहरूमा चाँडै नै ‘पिक्सेल लेभल’ मा काम गर्ने सुरक्षा फंक्सनहरू उपलब्ध गराउने पुष्टि गरेको हो।
यसको विस्तृत विवरण सार्वजनिक नगरिए पनि आगामी फेब्रुअरीको अन्त्यतिर हुने ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमा यसबारे थप जानकारी दिइने अपेक्षा गरिएको छ। सोही कार्यक्रममा नयाँ ग्यालेक्सी एस२६ सिरिज पनि सार्वजनिक हुने अनुमान छ।सामसुङका अनुसार यो फिचरको मद्दतले प्रयोगकर्ताले सार्वजनिक स्थानमा बसेर आफ्नो फोनमा गोप्य पासवर्ड वा विवरणहरू टाइप गर्दा अरूले चियाएर हेर्न पाउने छैनन्। यसमा विशेष अप्सनहरू हुनेछन्, जसले प्रयोगकर्तालाई निश्चित एपहरूमा मात्र यो गोपनीयता फिचर लागू गर्न वा नोटिफिकेसन पप–अपहरूलाई सेन्सर गर्न अनुमति दिनेछ। यसले प्रयोगकर्ताको व्यक्तिगत जानकारीलाई थप सुरक्षित बनाउने कम्पनीको दाबी छ।पछिल्लो समय बाहिरिएका सूचनाहरू अनुसार यो प्रविधिलाई ‘प्राइभेसी डिस्प्ले’ नाम दिइएको छ। यद्यपि सामसुङले यसबारे अझै स्पष्ट पारेको छैन।