छतबाट खसेर गम्भीर घाइते बालकको हेलिकप्टरमार्फत उद्धार

 बागलुङमा घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका– १, बुर्तिबाङ बजारका दुई वर्षीय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते भएका हुन् । बिहीबार दिउँसो २ बजेको समयमा घरको छतमा खेलिरहेका पुन खसेर गम्भीर घाइते भएपछि उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको हो । ढोरपाटन नगरपालिका–३, पुर्काेट […]

इरानले हतियार मागेको छैनः रूस

 इरानले जारी युद्धको बीचमा रूसलाई हतियार आपूर्ति गर्न कुनै अनुरोध नगरेको रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कभले बताएका छन् ।पत्रकारले मास्कोले इरानलाई हतियारसमेत सहयोग दिने योजना बनाएको छ कि छैन ? भनेर सोधेका थिए । यसको जवाफमा पेस्कभले भने, ‘यस सन्दर्भमा इरानी पक्षबाट कुनै अनुरोध आएको छैन । हाम्रो स्थिर स्थिति सबैलाई ज्ञात छ र यसमा […]

४ बजेसम्म ८४ लाख मत खस्यो

दिउँसो ४ बजेसम्म ८४ लाख मत खसेको छ। निर्वाचन आयोगका अनुसार ४५ प्रतिशत मतदान भएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ भने मधेशमा ३७ प्रतिशत भएको छ।

नेकपाका उम्मेदवार किरण साहद्वारा पार्टी परित्याग

सञ्जय कार्की, रौतहट । नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका किरण साहले पार्टी परित्याग गरेका छन्। साहले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गर्दै मुस्लिम बाहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा खटिएका आफ्ना पोलिङ एजेन्टहरूलाई समेत बाहिरिन निर्देशन दिएका छन्। फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले […]

कर्णालीमा ४१ प्रतिशत मत खस्याे

कर्णाली प्रदेशका १० जिल्लामा जारी मतदानमा ४१ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । अहिलेसम्म चार लाख २४ हजार ७५५ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।  सबैभन्दा धेरै मुगुमा ५५ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मत कालीकोटमा ३० प्रतिशत मत खसेको […]

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा विशेष अनुगमन र निगरानी बढाइएको छ । उक्त क्षेत्रमा १६३३७९ मतदाता रहेका छन् ।

१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं । काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् । १० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन् । रञ्जुले काठमाडौं १ को वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा मतदान गरेकी हुन् । रञ्जुलाई गत फागुन १२ गते पुत्रलाभ भएको थियो ।

धादिङमा २ बजेसम्म ३२ प्रतिशत मत खस्यो

नबराज छत्कुली, धादिङ । जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा अपरान्ह २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति क्रमशः बढ्दै गएको छ। बिहानको समयमा तुलनात्मक रूपमा कम देखिएको मतदानदर दिउँसोतिर बढ्दै गएको बताइएको छ। जिल्लामा रहेका कुल मतदाता सङ्ख्या […]

स्याङ्जामा दिउँसो २ बजेसम्म ३७ प्रतिशत मत खस्याे

सागर न्यौपाने, स्याङ्जा। स्याङ्जामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्ममा ८९ हजार ६४४ मत खसेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार उक्त संख्या जिल्लाको कुल मतदाताको करिव ३७ प्रतिशत हो। जिल्लामा बिहानदेखि नै अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार […]

सुर्खेत कारागारमा ८८ मत खस्यो

सुर्खेत कारागारमा मतदान सकिएको छ ।  प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार सुर्खेत कारागारमा ८८ मत खसेको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । सुर्खेत कारागारमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। १०३ जना मतदाता रहेको भनिए पनि केही कैदी स्थान्तरण भएकाले ८८ मत मात्रै खसेको गुरुङले बताए ।