अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ । शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो । त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि […]

सिरहामा अहिलेसम्म ३० प्रतिशत मतदान

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिरहामा अहिलेसम्म ३० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा चार वटै निर्वाचन क्षेत्रमा गरी ३० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको जिल्ला निर्वाचन आयोग सिरहाका प्रमुख राजन श्रीवास्तवले रातोपाटीलाई जानकारी दिए । अहिले सम्म ३० प्रतिशत हाराहारी मतदान हुनु सकारात्मक रहेको श्रीवास्तवको भनाइ छ । उनले […]

कास्की कारागारमा शतप्रतिशत मतदान

कास्की कारागारमा यसपटक शतप्रतिशत मतदान भएको छ। अस्थायी मतदान केन्द्रको रूपमा स्थापना गरिएको कारागारभित्र नामावलीमा सूचीकृत सबै ३७ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन्। बिहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको मतदान अधिकृत गोविन्द श्रेष्ठले जानकारी दिए। कारागारभित्र ३८ जनाको नाम मतदाता नामावलीमा समावेश भए पनि एक जना […]

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गरेका हुन् । मतदान पछि उनले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गरे । झापा क्षेत्र नं ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । […]

सिन्धुपाल्चोकको थाङपालमा रोकिएको मतदान सुचारु

सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकास्थित गणेश मावि मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले अर्का व्यक्तिलाई हाल्ने अनुमति दिएको विषयमा विवाद भएको थियो । केही समय रोकिएको मतदान पुनः सुचारु भएको मतदान स्थलमा खटिएका एक जना सुरक्षा अधिकृतले  बताए ।

कतारमा अमेरिकी दूतावास नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालियो

कतारले राजधानी दोहास्थित अमेरिकी दूतावास वरिपरि बसोबास गर्ने बासिन्दाहरूलाई अस्थायी रूपमा अन्यत्र सार्न थालेको छ । कतारको आन्तरिक मन्त्रालयका अनुसार यो कदम सावधानी स्वरूप अपनाइएको हो । मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा ती बासिन्दाका लागि उपयुक्त आवासको व्यवस्था गरिएको र आवश्यक रोकथामात्मक उपायका रूपमा स्थानान्तरण गरिएको जनाएको छ । यो निर्णय यससाता साउदी […]

गृहमन्त्री अर्यालद्वारा सानेपाबाट मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले ललितपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपामा रहेको टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर बिहान मतदान गरेका हुन्। निर्वाचनको सुरक्षा कमान्ड सम्हालिरहेका गृहमन्त्री अर्याल मतदान केन्द्रमा पुग्दा स्थानीय मतदाताहरूमा उत्साह देखिएको थियो। मतदानपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग देशभर शान्तिपूर्ण र […]

स्ट्रेट अफ होर्मुज ठप्प हुँदा विश्वभर इन्धन संकट, कच्चा तेलको मूल्यमा भारी वृद्धि

अमेरिका र इरानबिच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २.०५ प्रतिशतले बढेर ८३.०७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट २.६० प्रतिशतले वृद्धि भई ७६.६० डलर कायम भएको छ। मध्यपूर्वबाट हुने इन्धन आपूर्ति अवरुद्ध हुँदा […]

रास्वपा उम्मेदवार गौतमले गरिन् मतदान

रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् । चितवन क्षेत्र नं. ३  को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् ।

पर्यटन बोर्डद्वारा आज निःशुल्क सटल बस सेवा सञ्चालन

निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइएको छ । उक्त सेवा बिहान ५ बजेदेखि […]