गृहमन्त्री अर्यालद्वारा सानेपाबाट मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले ललितपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपामा रहेको टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर बिहान मतदान गरेका हुन्। निर्वाचनको सुरक्षा कमान्ड सम्हालिरहेका गृहमन्त्री अर्याल मतदान केन्द्रमा पुग्दा स्थानीय मतदाताहरूमा उत्साह देखिएको थियो। मतदानपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग देशभर शान्तिपूर्ण र […]

स्ट्रेट अफ होर्मुज ठप्प हुँदा विश्वभर इन्धन संकट, कच्चा तेलको मूल्यमा भारी वृद्धि

अमेरिका र इरानबिच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २.०५ प्रतिशतले बढेर ८३.०७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट २.६० प्रतिशतले वृद्धि भई ७६.६० डलर कायम भएको छ। मध्यपूर्वबाट हुने इन्धन आपूर्ति अवरुद्ध हुँदा […]

रास्वपा उम्मेदवार गौतमले गरिन् मतदान

रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् । चितवन क्षेत्र नं. ३  को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् ।

पर्यटन बोर्डद्वारा आज निःशुल्क सटल बस सेवा सञ्चालन

निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइएको छ । उक्त सेवा बिहान ५ बजेदेखि […]

इरानमाथि अमेरिका र इजरायलको आक्रमण संयुक्त राष्ट्रसंघीय बडापत्र विपरीत: राष्ट्रसंघ

इरानमा भइरहेको मानवअधिकार उल्लंघनको अनुसन्धान गरिरहेको संयुक्त राष्ट्रसंघको स्वतन्त्र टोलीले अमेरिका र इजरायलद्वारा इरानमा गरिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघीय नियोगले यी हमला र यसको जवाफमा इरानले क्षेत्रभरि गरेका प्रत्याक्रमणहरू संयुक्त राष्ट्रसंघीय बडापत्रको विरुद्धमा रहेको स्पष्ट पारेको हो । कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध बल […]

प्रतिनिधि सभा निर्वाचन : झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी […]

रविले मत हालेपछि ढोगे मतपेटिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् । रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर-३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् । रवि चितवन क्षेत्र नम्बर-२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।

प्रधानामन्त्री कार्कीद्वारा काठमाडौंबाट मतदान

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पनि मतदान गर्नुभएको छ । प्रधानामन्त्री कार्कीले बिहीबार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान भइरहेको छ । प्रत्यक्षतर्फ ६१ वटा […]

फागुन २५ गतेभित्र प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्ने : रामप्रसाद भण्डारी

काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गर्नुभएको छ । उहाँले बिहीबार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरुमा मतदान सहभागी हुन आह्वान गर्नुभयो । उहाँले मतगणनाको सन्दर्भमा खसेको मतको आधारमा गणना […]

सागर ढकालले गरे मतदान

काठमाडौँ । सागर ढकालले गुल्मीको सत्यवती गाउँपालिका–६ स्थित बालकल्याण नि.मा.वि. मतदान केन्द्रमा मतदान गरेका छन्। उनले बिहीबार बिहान ७ बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।