विभिन्न ठाउँमा भएका लुटपाटका क्रममा हतियार, गोली र पकेट बम भेटियो

विध्वंश हुनेगरी भएको लुटपाट गर्ने समूहसँग हतियार, गोली र पकेट बम समेत फेला परेको छ। फायरिङ गरेर लुटिएको समेत पत्ता लागेपछि सेनाले केही हतियार पनि नियन्त्रणमा लिएको छ। केही ठाउँमा दोहोरो फायरिङ पनि भएको बताइन्छ। नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। टुसालमा भएको फायरिङपछि पनि सेनाले हतियार बरामद गरेको […]

एमाले महासचिव पोखरेलले भने- ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ’

‘जेन-जी’ युवाहरूलाई सडकमा आउन बाध्य पारेको निवर्तमान सत्ताधारी दल एमालेका महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्। हालको असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जालमा कवि नेत्रलाल अभागीको चर्चित कविता साझा गर्दै कठिन समयमा दृढ रहनुपर्ने बताएका छन्। आँधी र हुरी नचलेको […]

सुरक्षाका लागि सेना परिचालन, विना काम घरबाहिर ननिस्कन आग्रह

काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको […]

प्रिय मेरो नेपाल

म आज परदेशको भूमिबाट तिमीलाई लेखिरहेको छु। बिहान उज्यालो देख्दा यहाँ घाम उदाउँछ, तर मेरो मनमा तिम्रो आकाश कालो छ। आज बिहानै बिउझिदा समाचारको पानामा देखिएको तिम्रो दृश्यले शक्ति चैन हरायो मन भक्कानियो सडकमा युवाको रगत पोखिएको थियो, आमाबुवाको विलापको आवाज थियो, र सपनाहरू च्यातिएको थुप्रोमा फ्यालिएको थियो। मलाई लाग्यो, यो देश त केवल भौतिक […]

सामाजिक सञ्जाल बन्द गर्ने बहस : जनताको आवाज

नेपाल केवल भौगोलिक रूपमा मात्र सानो मुलुक होइन, संसारभरि छरिएका आफ्ना छोराछोरी, दाजुभाइ, दिदीबहिनी र साथीहरूले बनाएको एक विशाल परिवार पनि हो। यो परिवारलाई जोड्ने धागो भनेको आज सामाजिक सञ्जाल हो। १ परिवारलाई जोड्ने जीवनरेखा आज लाखौँ नेपालीहरू विदेशमा छन्। कतिपय खाडीको कठोर घाममा पसिना बगाइरहेका छन्, कतिपय युरोप-अमेरिकाको कठोर नियमबीच संघर्ष गरिरहेका छन्। देशभित्र […]

ऐनकुमार साई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा निर्वाचित

यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूला कम्पनीमध्ये एक, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन्। शनिबार राति अबेर सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनअन्तर्गतको निर्वाचनमा साईले प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पद हात पारेका हुन्। उनले ६०८ मत प्राप्त गर्दा श्रेष्ठले ५२४ मतमा सीमित भएका थिए। अध्यक्ष पदमा साईलाई […]

फेवाताल किनार सरसफाइमा पार्दी बैदाम परोपकार समितिको सक्रियता

पार्दी बैदाम परोपकार समितिले शनिबार फेवाताल किनार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। खहरेघाटदेखि गहिरा चौतारा क्षेत्रसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा अध्यक्ष, वडा प्रहरी कार्यालय बैदाम, नागरिक समाज कास्की, पर्यटनसँग आवद्ध विभिन्न संघसंस्था, आमा समूह, जलारी समुदाय तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम समितिका अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। सरसफाइ अभियानमा […]

महानायक हमालको टोलीलाई पराजित गर्दै पोखराका मेयर आचार्यको टिम विजयी, शुक्रबार देखि पोखरामा एभरेस्ट महिला भलिबल लिग

मैत्रिपुर्ण भलिवल खेलमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको टोली विजयी हुनु भएको छ । पोखराको क्याम्पिङ चौरको भलिवल कोर्टमा विहिबार भएको खेलमा महानायक राजेश हमालको टोलीलाई २—१ को सेटमा पराजित गर्दै मेयर आचार्यको टोली विजयी भएको हो । पहिलो सेटमा पाजित भएको पोखराको टोलीले दोश्रो सेटमा सम्हालिदै तेश्रो सेटमा सहज जित हासिल गरेको हो । […]

एमाले सचिवालय बैठक आज दिउँसो बस्दै, के छन् एजेण्डा ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार आज दिँउसो बजेका लागि बैठक बोलाइएको हो। बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने उनले बताए। बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गरिने छ। महाधिवेशनमा पार्टीका तर्फबाट […]

महिला क्रिकेटकी उदीयमान खेलाडी पूजा

पछिल्लो समय नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा पूजा महतोले आफूलाई स्थापित गर्दै आएकी छिन् । जुनियरदेखि सिनियर टोलीमा पूजाले अलराउन्ड प्रदर्शन गरेकी छिन् । यू–१९ महिला टोलीको नेतृत्व गर्दै उनले नेपाललाई विश्वकपको यात्रा गराइन् । दायाँहाते ब्याट्सम्यान तथा मध्यम गतिकी बलर उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित खेलाडी बनेकी छिन् । क्रिकेट करिअरमा उनको प्रेरणा स्रोत नै उनका बुवा रञ्जित […]