भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिइने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ।

आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

उक्त कार्यक्रम आयोगको प्रांङगण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्। सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ।