
सुर्खेत । बाजुरकाे बडिमालिका नगरपालिकाकी वडा न १ कि २१ वर्षीया सुत्केरी सरिता रोकायालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
मंगलबार राति सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएकोले उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्।
अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उनको उद्धार गरिएको जनाइएको छ।
हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उनको उपचार भइरहेकाे छ ।