‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ निर्वाचन आयुक्त जबरालाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।
“सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान” बाट निर्वाचन आयुक्त सगुनप्रसाद ज.ब.रा. सम्माानित हुनुभएको छ ।

भुतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ ।

उहाँलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गर्नुभएको हो । जबराले ३० वर्ष नेपाली सेनामा योगदान गर्नुभएका जबरा महासेनानी दर्जाबाट अवकास हुनुभएको थियो ।

जबराले आफ्नो सेवाकालमा तथा निवृत्तिपछि पनि राष्ट्रप्रति समर्पित रहँदै समाजमा महत्वपूर्ण योगदान पु¥याएको, अनुशासन, नेतृत्व तथा सेवाभावमा उदाहरणीय भुमिका निर्वाह गरेको आधारमा सम्मानित गरिएको सेनाले जनाएको छ ।

यस्तो सम्मानमार्फत भूतपूर्व सैनिकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिएको सेनाको सचिवालयले जनाएको छ ।