नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि अस्थायी हल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ।

संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम चैत्र १२ गते आयोजना गर्ने तयारी भइरहेको छ।

सिंहदरवारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले कार्यक्रम सञ्चालनका लागि अस्थायी हल निर्माण गरिएको हो। हाल हलमा माइक, बत्ती र अन्य आवश्यक व्यवस्था गर्नको लागि काम तीव्र गतिमा भइरहेको छ।

पुरानो संसद् भवनमा जेन जेड आन्दोलनका क्रममा लागेको आगलागीले वैकल्पिक स्थलको आवश्यकता उत्पन्न गरेको थियो। निर्माणाधीन बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरिएको र केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको संसद् सचिवालयले जनाएको छ।