हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए। सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै […]
मुकुल ढकालले रास्वपाको महामन्त्री दाबी गरेको रिट खारेज

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनIलकुमार पोखरेलको संयुक्त इजलासले ढकालको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको हो। रास्वपाको केन्द्रीय समितिले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो। पछि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेकाे थियाे। तर, निर्वाचन आयोगले रास्वपाको विवरण […]
पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि पढ्दै कमाउदैँ परियोजना शुरु

पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ुपढ्दै कमाउदैँु परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । […]
पर्सामा कैदी राहुल साहको मृत्युपछि आफन्तहरु आक्रोशित

पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् । नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी […]
पोखरा २२ मा लागुऔषध दुरुपयोग नियन्त्रण तथा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

पोखरा, साउन २८ — अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। पोखरा–२२ भुर्तुङस्थित श्री ओखलढाँडा माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता […]
काँग्रेस भ्रातृ संस्थाको महाधिवेशन गर्न बनाइएको निर्देशिका पारित

नेपाली काँग्रेसको भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बसेको सभापति शेरबहादुर देउवासहितको बैठकले अधिवेशन गर्नेबारे बनाइएको निर्देशिका पारित गरेको छ । देउवासहित उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष तहको बैठकले निर्देशिका पारित गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । काँग्रेसका ७ भ्रातृ संस्थाहरूलाई पटक पटक महाधिवेशन गर्न […]
गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन

गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन गरिएको छ । प्रदेशभित्रको सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको प्रेस रजिष्ट्रार कार्यालय सोमबार औपचारिक रूपमा उद्घाटन भएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री कार्यालयकै परिसरमा रजिष्ट्रार कार्यालय उद्घाटन गरे । उद्घाटनपछि पाण्डेले लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको बताए । उनले प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व […]
माउन्ट अन्नपूर्णका बिद्यार्थीद्धारा माउन्टेन ग्लोरी रिसोर्टको अवलोकन

पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण मा.विमाका बिद्यार्थीले माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाको अवलोकन गरेका छन् । आइतबार बिद्यालयको कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुले पोखरा २१ दोबिल्लामा रहेको रिसोर्टको अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई नियमित रुपमा होटल तथा रिसोर्टको अवलोकन तथा अध्ययन गर्ने योजना […]
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, हलेसी आउने तीर्थालु अलपत्र

लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने-आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी […]
गण्डकीमा सात निर्देशनालय र दुई केन्द्र खारेज, १८५ कर्मचारी दरबन्दी घटाइयो

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ यो निर्णय गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए निर्णयसँगै खारेज गरिएका […]