पूर्णबहादुर खड्काले गरे मतदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । ढिलो गरी मतदान गरेका खड्काले सुर्खेत–१ मेहेलकुनाको सुर्यजोति माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

०४८ सालदेखि चुनाव लड्दै आएका खड्काले कांग्रेस विशेष महाधिवेशन पश्चात् उनले चुनावी प्रतिस्पर्धाबाट विश्राम लिएका छन् ।

यो पटक उनी उम्मेदवार छैनन् । उक्त क्षेत्रमा उनका भाइ विष्णुबहादुर खड्का उम्मेदवार छन् ।