धादिङमा २ बजेसम्म ३२ प्रतिशत मत खस्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नबराज छत्कुली, धादिङ ।

जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा अपरान्ह २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति क्रमशः बढ्दै गएको छ। बिहानको समयमा तुलनात्मक रूपमा कम देखिएको मतदानदर दिउँसोतिर बढ्दै गएको बताइएको छ।

जिल्लामा रहेका कुल मतदाता सङ्ख्या अनुसार हालसम्म करिब एकतिहाइ मत खसेको तथ्यांक प्राप्त भएको छ। मतदान केन्द्रहरूमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएको र हालसम्म कुनै ठूलो अवाञ्छित घटना नघटेको प्रशासनले जनाएको छ।

ग्रामीण भेगका केही केन्द्रमा मतदाताको चाप बढ्दै गएको छ भने शहरी क्षेत्रमा पनि दिउँसोपछि मतदाताको सहभागिता बढ्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। बाँकी समयमा मतदानदर अझ बढ्ने अपेक्षा गरिएको छ।