सिरहामा अहिलेसम्म ३० प्रतिशत मतदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिरहामा अहिलेसम्म ३० प्रतिशत मतदान सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा चार वटै निर्वाचन क्षेत्रमा गरी ३० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको जिल्ला निर्वाचन आयोग सिरहाका प्रमुख राजन श्रीवास्तवले रातोपाटीलाई जानकारी दिए ।

अहिले सम्म ३० प्रतिशत हाराहारी मतदान हुनु सकारात्मक रहेको श्रीवास्तवको भनाइ छ । उनले शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जानकारीसमेत दिए ।