१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।

१० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन् ।

रञ्जुले काठमाडौं १ को वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

रञ्जुलाई गत फागुन १२ गते पुत्रलाभ भएको थियो ।