मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र […]
संविधानको आधारमा अघि बढ्ने सुदन गुरुङकाे प्रतिबद्धता

हामी नेपालका संयोजक सुदन गुरुङले आफू कुनै पनि एजेन्ट नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफूविरुद्ध फैलाइएका अफवाहबारे स्पष्टीकरण दिएका हुन्। गुरुङले बताए, ‘सुदन एजेण्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ । म एउटा नागरिक हुँ, तपाईँ जस्तै।’ आफूविरुद्ध फैलाइएका अफवाहलाई […]
ललितपुरमा पेस्तोल र चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलबाट पेस्तोल र स्रोत नखुलेको चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ परेका छन्। खोटाङको साकेला गाउँपालिका- १ स्थायी घर भएका २३ वर्षीय शिवकुमार विकलाई ललितपुर प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। दिदीको घरमा बस्दै आएका उनले मदिरा सेवन गरेर होहल्ला गरेको सूचना पाएपछि असइ तेजप्रसाद भट्टराई नेतृत्वको टोली पुगेको थियो। उनको साथबाट गोली नभएको […]
इस्लामाबादका एसपीको गोली हानी हत्या

इस्लामाबादका प्रहरी सुपरिटेन्डेन्ट आदिल अकबरको उनको कारमा गोली लागेर मृत्यु भएको छ। इस्लामाबाद प्रहरीका प्रवक्ताले उक्त कुराको पुष्टि गरेका हुन्। प्रवक्ताले एसपी आदिल अकबर कन्स्टिट्युसन एभिन्यूबाट आफ्नो कार्यालय जाँदै गर्दा कारमा गोली लागेर मृत्यु भएको बताए। यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीले घटना साँझ ४:३० बजे कन्स्टिट्यूशन […]
जुम्लामा आगलागी: एक परिवारको घरसहित सर्वस्व खरानी

जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा मंगलबार बिहान आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय बिन्दराम विकको दुईतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीबाट करिब १९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद तथा […]
पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका

पोखरामा विदेशी पर्यटकले भाइटीका लगाएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा भाइटीका महोत्सव गरिएको हो । त्यसक्रममा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई बिहीबार भाइटिका लगाइएको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । भाइटीका लगाउने कार्यक्रममा […]
म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । “सूचनारसमाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो […]
उत्तर कोरियाको हाइपरसोनिक मिसाइल परीक्षणले क्षेत्रीय तनाव बढायो

उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ। दक्षिण कोरियाली सेनाले बुधबार प्योङयाङबाट प्रक्षेपण भएको पत्ता लगाएको थियो। यो विगत केही महिनायता यस्तो प्रकारको पहिलो परीक्षण हो। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेका […]
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ। तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले जानकारी दिए। ‘बिहान करिब ३ः४५ बजे तार्केश्वर–३ चिसापानीस्थित सडक खण्ड अन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ […]
चितवनमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गोन्द्रेङमा टाँडीबाट भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आज बिहान सवा चार बजेको समयमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार गैंडाकोट नगरपालिका-१ का ४४ वर्षीय […]