पल्लो कुनामा ज्ञानेन्द्रसँग हर्क, यता बादल–प्रचण्ड

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सकिएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्वाचित २७४ जना सांसदलाई शपथ ग्रहण गराएका थिए। सो क्रममा हलमा गज्जबको बस्ने अर्डर मिलाइएको थियो। दाहिने कुनाको दुईटा मात्र सिट भएको टेबुलकुर्सीमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री ज्ञानेन्द्र शाही रहेका थिए। उनीहरुसँगैको छेउमा दुई […]

काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी

काठमाडाैं । काठमाडौं महानगरपालिका र त्रिभूवन विश्वविद्यालयको कानून संकायबीच कानूनको तर्जुमा, परिमार्जन र कार्यान्वयनमा सहकार्य गर्ने गरी समझदारी (एमओयु) भएको छ । काठमाडौं महानगरले कार्यान्वयन गरिरहेका कानूनहरुको परिमार्जन तथा कानून तर्जुमा गर्नुपर्ने क्षेत्रहरुको अध्ययन तथा सुझावका लागि दुई पक्षबीच एमओयु भएको हो । एमओयु कार्यक्रममा बोल्दै महानगरकी कार्यावाहक प्रमुख सुनिता डंगालले स्थानीय सरकारका कामकारबाहीलाई थप व्यवस्थित […]

इरान युद्धले पोलिङमा लाभ नदिएपछि तत्काल चुनाव टार्न खोज्दैछन् नेतान्याहू

 अहिले चलिरहेको इरान–अमेरिका युद्धको असरले जनमत सर्वेक्षणहरूमा अपेक्षित लाभ नपाएको अवस्थामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु  शीघ्र चुनाव टार्दै यस वर्षको बजेट पारित गर्न दौडधुप गरिरहेका छन् । अहिले चलिरहेको इरान–अमेरिका युद्धको असरले जनमत सर्वेक्षणहरूमा अपेक्षित लाभ नपाएको अवस्थामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु  शीघ्र चुनाव टार्दै यस वर्षको बजेट पारित गर्न दौडधुप गरिरहेका छन् । युद्धको प्रारम्भिक […]

नेपालमा नयाँ सरकार गठनको मुखमै बीबीसीले गर्ने भयो राजनीति बहस

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बेला बीबीसीले राजनीति विषयमा एउटा बहस कार्यक्रम सञ्चालन गर्ने भएको  छ । ‘वर्ल्ड क्वेसन्सः नेपाल’ नाम दिइएको यो बीबीसीको प्रतिष्ठित कार्यक्रममध्येको एक हो । सो कार्यक्रम चैत २४ गते हुने बीबीसीले जनाएको छ । नेपालमा निर्वाचन सम्पन्न भएको एक […]

बलियो अर्थतन्त्र निर्माणमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे

काठमाडाैं । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताउनुभएको छ । पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा […]

डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँ : रास्वपा सांसद झा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । पद तथा गोपनीयताको शपथ लिनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल ऐतिहासिक रूपमा पुरानो देश भएपनि संस्थागत अभ्यासको दृष्टिले पछाडि रहेको उल्लेख गर्दै राज्य सञ्चालनमा प्रणालीगत […]

प्रतिवेदनमा पूर्वप्रधानमन्त्री खनालको बयान– ऊनी अहिले तथाकथित सरकारको लागि घाइते समेत भइनन्

काठमाडौं– जेनजी विद्रोहका क्रममा भदौ २४ गते घरमा आगजनी मात्र नभई पत्नीमाथि नै आक्रमण र आगो लगाइएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको बयान पनि न्यायीक जाँचबुझ आयोगले समावेश गरेको छ। सरकारले पाएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको बयानमा उनै खनालले पत्नी रविलक्ष्मी चित्रकारमाथि भएको आक्रमणलगायतका विषयमा बोलेका छन्। उनले चित्रकारलाई सुशीला कार्की नेतृत्वको सरकारले घाइतेको सूचीमा नराखेकोमा आयोगको […]

आँखा उपचारले दियो खुसी, मिर्चैया शिविरमा ३१२ जनाको निशुल्क मोतियाविन्दुको शल्याक्रिया

मिर्चैया नगारपालिका ७ मुराबारीका ८५ वर्षिय सुकराम सदायको आँखा धमिलो देख्न थालेको ८  वर्ष भन्दा बढी भएको थियो। कमजोर आर्थिक अवस्था भएका उले आजसम्म उपचार गराउन सकेका थिएनन्। आँखामा आँसु आउने, धमिलो देखिने र कुनै कुनैवेला केही बस्तुले झ्याप्प छोपेजस्तो लाग्ने समस्याबाट पीडित उनी आर्थिक अभावकै कारण उपचारमा जान सकेका थिएनन्। दुईभाई छोराहरुले नहेरेपछि छोरीको […]

केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको पछिल्लो बैठकका निर्णयहरू र समसामयिक राजनीतिक विषयमा जानकारी दिन आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ। हिजो चैत्र ११ गते पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो कार्यक्रम आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन […]

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

 काठमाडौं – नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह […]