‘भेहिकल फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लब तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, […]

भक्तपुरको पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौँ दिन मंगलबार साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ मिनेटमा ढालिएको हो । भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठ वटा डोरी फुकाएर […]

मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान

 मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जनकपुरधामदेखि सुरु भएको स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान मधेस प्रदेशका १३६ पालिका एवं सहरमा सञ्चालन गरिने बताएका छन् । जनकपुरधाममा आज पत्रकार सम्मेलनमा उनले जनकपुरधामबाट सुरु भएको सार्वजनिकस्थलको संरक्षण गर्ने अभियान मधेस प्रदेशका सबै पालिकामा सञ्चालन हुने बताएका हुन् । गृहमन्त्री महतोले गत चैत […]

अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन

स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो । उक्त सडकखण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी […]

सरकारको राष्ट्रिय प्रतिवद्धता– किसानलाई क्रेडिट कार्ड, बिमा, सहुलियत ऋणदेखि पेन्सनसम्मको व्यवस्था

काठमाडौं – सरकारले कृषि पेशाको सम्मान र आत्मनिर्भरताको प्रतिवद्धता जाहेर गरेको छ। आज राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गर्दै कृषि उपजको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधार लगायतका कार्य गरिने जनाएको हो।   प्रतिवद्धतामा भनिएको छ, ‘कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी भारतसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन […]

दिल्लीमा बाबुरामको सम्बोधन– युवाहरूको प्रत्यक्ष हस्तक्षेपबाट नेपालमा राजनीतिक परिवर्तन सम्भव भयो

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत सेप्टेम्बरमा भएको शक्तिशाली जेनजी आन्दोलनले दुई ठुला दलहरूको गठबन्धन सरकार ढालेको बताएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा आईटीएम युनिभर्सिटीद्वारा आयोजित डा. राममनोहर लोहिया स्मृति व्याख्यान कार्यक्रममा सम्बोधन गर्दै नेपालमा देखिएको जेनजी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुआत भएको बताए। राममनोहर लोहियाको चर्चित भनाइ जिन्दा कौमें ५ साल नहीं इंतजार करती […]

काठमाडौँ प्रहरीले भन्यो ओली र लेखकमाथि अनुसन्धान जारी छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति प्रकाशन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूमाथि अनुसन्धान जारी रहेको जानकारी गराएको हो । चैत १४ मा पक्राउ परेका ओली र लेखक सर्वोच्च अदालतको परमादेशको आधारमा चैत २६ मा रिहा भएका थिए । सर्वोच्चको परमादेश […]

सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने

काठमाडौँ – सरकारले विकास आयोजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न कर्मचारी व्यवस्थापनमा नयाँ दृष्टिकोण अवलम्बन गर्ने भएको छ। सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा आयोजना सम्पन्न नभएसम्म सम्बन्धित आयोजना प्रमुख तथा कर्मचारीको सरुवा नगर्ने व्यवस्था गरिने स्पष्ट पारिएको छ। विभिन्न राजनीतिक दलका चुनावी प्रतिबद्धताहरू समेटेर तयार गरिएको उक्त दस्तावेजमा आयोजना व्यवस्थापनलाई लक्ष्यकेन्द्रित र परिणाममुखी बनाइने उल्लेख गरिएको छ। आयोजना […]

अमेरिका र चीनबिच व्यापारिक तनाव फेरि चर्किने संकेत, कर धम्कीमा कडा चेतावनी

काठमाडौँ- अमेरिका र चीनबिच व्यापारिक तनाव फेरि चर्किने संकेत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश दिएको छ । अमेरिकाले चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । ट्रम्पले अर्को महिना चिनियाँ राष्ट्रपति सी […]

अमेरिका–इरान शान्ति वार्ता असफल भएपछि ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ। ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। यस कदमले […]