केराउ, सुपारी र मरिच आयात खुला, औद्योगिक कच्चा पदार्थका रूपमा ल्याउन पाइने
सरकारले केराउ, सुपारी र मरिचको आयात खुला गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगहरूका लागि आवश्यक पर्ने कच्चा पदार्थको रुपमा प्रयोग गर्न आर्थिक वर्ष २०८२/०८३ का लागि केराउ, सुपारी र मरिचको पैठारी (आयात) खुला गर्ने निर्णय गरेको हो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार […]
माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गरेको छ । सोमवार बसको मन्त्रीपरिषदको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाको वैठक संघीय संसद सचिवालय सिंहदरबारमा माघ ४ गते आईतवार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो […]
अमेरिकासँग वार्ताका लागि इरान तयार
इरानका विदेशमन्त्री अब्बास अराघचीले आपसी सम्मान र हितका आधारमा अमेरिकासँग वार्ता गर्न इरान तयार रहेको बताएका छन् । इरानमा तीन सातादेखि जारी हिंसात्मक प्रदर्शनकै बिच तेहरानमा सोमबार आयोजित विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा विदेशमन्त्री अराघचीले वार्ताका लागि आफूहरू तयार रहेको बताएका हुन् । ‘मैले बारम्बार भनेझैँ हामी वार्ताका लागि तयार छौँ, तर समान हैसियतबाट, आपसी सम्मानसहित र आपसी […]
हरेक आन्दोलनको मारमा निजी क्षेत्र: पूर्वअध्यक्ष श्रेष्ठ
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकमा आइपर्ने विपत्तिहरुदेखि आन्दोलनहरुबाट व्यापारीहरु ठूलो मारमा परेको बताउनुभएको छ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) को १२ औं वार्षिक साधारण सभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले ठूलो मारमा परेका व्यवसायीहरुलाई बैंकले समान तवरले नहेरेको बताउनु भयो । ठूलो बिजनेस गरेकाहरुलाई मात्रै पुनःतालिकीकरण, […]
गोल्डेन ग्लोब्स अवार्ड : ‘ह्यामनेट’ र ‘वन ब्याटल आफ्टर अनदर’ उत्कृष्ट फिल्म, टिभीमा ‘एडोलेसेन्स’ को दबदबा
अमेरिकाको लस एन्जलसमा आयोजित एक समारोहका बिच यस वर्षको गोल्डेन ग्लोब्स अवार्ड वितरण गरिएको छ। पछिल्लो एक वर्षमा रिलिज भएका उत्कृष्ट फिल्म र टेलिभिजन कार्यक्रमहरूलाई सम्मान गरिएको यो कार्यक्रममा फिल्मतर्फ ‘ह्यामनेट’ र ‘वन ब्याटल आफ्टर अनदर’ ले प्रमुख अवार्डमा कब्जा जमाएका छन्। टेलिभिजन विधामा भने नेटफ्लिक्सको ‘एडोलेसेन्स’ ले आफ्नो बर्चस्व कायम राख्न सफल भयो। फिल्म […]
महामन्त्रीद्वयको प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ समूह गठन
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ । सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको छ । प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको हो […]
२८ औँ भूकम्प सुरक्षा दिवस मनाइने
सरकारले २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेबारी’ भन्ने नाराका साथ भुकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । वि.सं.१९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक […]
माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस
सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बालाजुबाट ४ सय बोरा युरिया मल बरामद
काठमाडौँको बालाजुबाट प्रहरीले ४ सय बोरा युरिया मल बरामद गरेको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु पुलबाट ४ सय बोरा युरिया बरामद गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।भन्सार छलेर ल्याएको मल र ६० बोरा मकै पनि प्रहरीले बरामद गरेको छ । सो सामान ल्याउने ना.६ ख ७०११ नम्बरको ट्रक चालक रौतहट […]
आत्मविश्वासदेखि सफलतासम्म : परीक्षाको रूपरेखा
परीक्षा विद्यार्थी जीवनको अविभाज्य अंश हो । परीक्षाले केवल कक्षाकोठामा सिकेका ज्ञानको परीक्षण मात्र गर्दैन; विद्यार्थीको मनोबल, धैर्य, स्थिरता र मानसिक परिपक्वताको परिमापन पनि गर्छ । करियर अर्थात् पेसागत जीवनको निर्माण–यात्रा वा निर्णयमा पनि परीक्षा र यसको नतिजा प्रमुख घटक हुने भएकाले मानव जीवनमा परीक्षाको महत्त्वलार्ई नकार्न सकिँदैन । परीक्षा भनेको ज्ञान मात्र नभई मनको […]