चितवन दुर्घटना अपडेट : मृतक ७, घाइते २४ (सूचीसहित)

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा भएको दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ । शनिबार दिउँसो सो स्थानमा बस र इभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु छ । त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]
यो बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग मेल खाँदैन : सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औँ योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गरे । उनले बजेटमा र यस […]
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा […]
रास्वपा महामन्त्रीमा मुकुल ढकाल फिर्ता

निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. मुकुल ढकालले गत बुधबार निर्वाचन […]
इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने बताएको छ। इजरायलका विदेश मन्त्री इजायल जमिरले शुक्रबार दुवै तर्फबाट आक्रमण भइरहेको समयमा सो प्रस्ताव राखेका हुन्। उनको प्रस्तावलाई इरानी समकक्षीले अस्वीकार गरे। इरानी विदेश मन्त्री मोहम्मद अब्बासीले जेनेभामा युरोपेली नेतासँगको भेटमा अमेरिकाले आरोप लगाएको जस्तो आणविक हतियार निर्माणको तयारी नभएको बताए। अराग्चीले एक पटक इजरायलको आक्रमण […]
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ सटहीदर

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ शुक्रबार यसको भाउ एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो […]
देशभर मनसुनको प्रभाव, यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव प्रभाव छ। जेठ १५ गते नेपाल भित्रिएको मनसुन शुक्रबारदेखि देशभरि फैलिएको थियो। यसपालि मनसुन देशभरि फैलिन २३ दिन लागेको छ। यसको प्रभावले शनिबार देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ भने केही भूभागहरूमा वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै […]
बिपी राजमार्ग शनिबारदेखि बेलुका बन्द गरिने

शनिबारदेखि बिपी राजमार्ग बेलुकाको समयमा बन्द हुने भएको छ। बाढीपहिरोको जोखिमका कारण सडक बन्द गर्ने निर्णय भएको छ । काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका जिल्ला सुरक्षा समितिका पदाधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार साँझ ६ः३० देखि बिहान बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी दुवै सवारी चलाउन पाइनेछैन । हालका लागि १५ दिनसम्म बन्द […]
मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत सिरहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। सिरहा नगरपालिका–१८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकसहित तीनजनाको मृत्यु भएको प्रहरी […]
विश्वमा नेपालको परिचय र ब्राण्डिङलाई स्थापित गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले देशभित्र आफ्नो सम्पतीलाई संरक्षण, विकास र प्रवद्र्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले बौद्धिक सम्पतीमाथिको अधिकारलाई कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा पीडित हुनुपरेको जिकिर […]