गाजामा इजरायली आक्रमण : ९ जना प्यालेष्टिनीको मृत्यु

गाजामा इजरायली सेनाले आइतबार बिहानदेखि गरेको आक्रमणमा कम्तीमा ९ जना प्यालेस्टिनी मारिएका छन् । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको नासेर अस्पतालका स्रोतले जनाएको छ । यो घटनालाई अमेरिकाको मध्यस्थतामा भएको भनिएको युद्धविरामको उल्लङ्घनका रूपमा हेरिएको छ । उक्त आक्रमण इजरायली सेनाको तैनाथी रहेको पहेँलो रेखा नजिक भएको बताइएको छ […]

प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

 रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन्। लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो । स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन् । प्रभु एयर र अल्टिच्युट एयरका […]

नेपाली सेनाले आफ्नो स्थापना दिवस टुँडिखेलमा भव्य रूपमा मनायाे

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औं वार्षिकोत्सव आइतबार टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजना गरेको विशेष समारोह सैन्य परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको हाे। सोशी समारोहमा सेनाका २ हजार ५ सय २४ जना सैनिकहरुले विशेष कला प्रदर्शनी, मार्चपास, हेलिकोप्टरबाट […]

७ महिनामा ४० अर्ब २८ करोड बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागले चालु आर्थिक वर्षकाे साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिवद्धता आएको हो । सबै भन्दा बढी साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ । […]

बागमतीको पावन तटमा जाग्दैछ शिवत्वः महाशिवरात्रीको दिव्य रश्मि (तस्बिरसहित)

काठमाडौं। काठमाडौंको ऐतिहासिक तथा आध्यात्मिक मुटु, पावन बागमतीको किनारमा आइतबार बिहानैदेखि भक्ति र श्रद्धाको एउटा अजस्र धारा बगिरहेको छ । भगवान पशुपतिनाथको सान्निध्यमा महाशिवरात्रीको यो महान पर्वले केवल एउटा तिथि मात्र होइन, बरु आत्मा र परमात्माको मिलनको एक काव्यिक परिवेश सिर्जना गरेको हाे । पहेँलो वस्त्रमा सजिएका साधुसन्तका जटा, धुनीको खरानीले पोतिएका निधार र ‘ॐ नमः […]

रुपन्देही- १ मा रास्वपालाई मत कट्ने शंका हुँदा बालेन छिरे राप्रपालाई टाउको दुखाई, कांग्रेस-एमालेको के छ?

काठमाडौं-  रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको प्रतिस्पर्धा बलियो हुने देखिएको छ। उक्त क्षेत्रमा रास्वपाका महामन्त्री सुनिल लम्साल र राप्रपामा पूर्वमन्त्री दीपक बोहोराका छोरा प्रज्वल बोहोरा उम्मेदवार रहेका छन्। देशभरी नै रास्वपाको लहर जसरी छ यस क्षेत्रमा त झनै आशा र विश्वास रहेको स्थानीय बताँछन्। क्यानडोनपाल यस क्षेत्रका विभिन्न स्थानमा पुगी […]

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ। आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक […]

प्राविधिक समस्या देखाउँदै कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । केही प्राविधिक समस्याका कारण प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँले सार्वजनिक कार्यक्रमको नयाँ मिति छिट्टै घोषणा गरिने समेत बताउनुभयो । कांग्रेसले यहि फगुन ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम […]

महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौँ । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जानकारी दिए । उनका अनुसार चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य […]

नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । नेपाल एपीएफ अस्पताल बलम्वुको २४औं वार्षिकोत्सव सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा आज सो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा कार्यरत रही वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पुर्‍यानुहुने विभिन्न संघसंस्थाका महानुभावहरुलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान […]